चुक झै कालो
अनि अमीलो रातमा
झ्याउकिरीका बिरही गीतहरु
मेरो एकांत कोठाका भित्ता भित्ता ठोक्कीदै
मेरा निराशा का कानेगुजी तताउदैछन
अस्तिसम्म फुरुन्ग हासेको
बार्दली छेउ को टुलिपको फूल
उन्ग्दै झस्कदै गर्दा
बिछत्तै रुखो बताशको थप्पड़ हरु
अनाहक अहोरात्र सताउदै छन
बन्द कोठा को
सेवा निब्रित्त मेरो थोत्रो टेबल संगै
छरपस्त कागज़ का टुक्राहरुमा
मेरो कलम का अनाकर्षक न्रित्त्यचालहरु
बिस्तारै सुस्ताउदा
म कुर्दै छु एक मीठो निद्रा
जस्को काखमा
न म सुन्दछु झ्याउकिरी को ट्याउट्याउ
न म देख्दछु मेरो प्यारो फूल को दुर्दशा
बन्द कोठा को बन्दि मलाई
कृपया
कोहि आखा चिम्लन सिकाऊ
Wednesday, July 1, 2009
Subscribe to:
Posts (Atom)