Wednesday, June 2, 2010

आमा!!!

आमा, म लड्दा मायाले उठाउने तिम्रो काख बिना मेरो रुनु बेकार छ ,
म हास्दा रमाउने तिम्रा खुशीहरु बिना मेरो हासो अर्थहीन छ ,
तिम्रो देउता संग तिमी ले मागेका मेरा खुशी का आसिसहरु 
तिमी साथ नहुदा अस्त्यब्यस्त थन्किएका छन्,
बिरानो ठाउँ मा तिम्रो याद धेरै आउछ आमा!!!