Tuesday, July 29, 2014

दुखी आत्मा

मेरा दुखका गाथा गाउदा
वर परका साथी रुन्छन.
लुकाउन खोज्छु जसरी तसरी
तर पोको फुकेर कबिता बन्छन.
दुखको भुमरीमा म घुम्दा
मेरा हाँसोका  दर्शानाभिलासीहरुलाई
चिन्ताको घेरा भित्र  पाउछू.
जसले माया गर्छ उसैलाई दुखाउछू.
आफु त दुख को नसामा लट्थिदै रमाऊँला
तर उनका  आखाका डील रुजाउछु.
अनाहक अपेक्छ्या र अबान्छित चाहनाको
बिसाक्त पोखरीमा
म आफु आफैलाई डुबाउछु.
अनि मेरा मुटुका टुक्राहरुलाई
संगै सती बनाउछु.
अंतहीन दुख को
अद्वितीय सर्जक म
न आफु रमाउछु
न अरुलाइ हसाउछु .
(August 2012)