She is: thoughtful, friendly, caring, sensitive, responsible, helpful, inspiring.. and what not!!
She is Sapana Lohani.. My friend... Currently studying at AIT in Natural resource management
I am so happy to publish her poem in my blog.. sometimes you are too fortunate to get things that u do not deserve. I am fortunate to get her as a true friend. Sapana!! dream like nobody dreams.. hehe u will conquer everything u wish to achieve.. and, thank u for the wonderful poem..and don't feel NIRASH and UDASH.. these attributes do not suit you..:-)
किन म निरश छु, किन म उदास छु??
अनगिन्ती सपनाहरु बीच पनि म रित्तो छु
धानेर नसकिने रहरहरुमाझ पनि म कमजोर छु
अगाडि बढ्दै गरेका पाइला पनि यसरी डगमगाइदिन्छन
लक्ष्यमा केन्द्रित मेरा आँखामा पनि बादल छाइदिन्छ
शायद त्यसैले म निरश छु, म उदाश छु
डुब्न लागेको त्यो घामले भन्छ
नयाँ जोशसँगै ऊ भोलि फेरि उदाउने छ।
तैपनि त्यो सगरमा फैलिएको रक्तिम पीडामा
मेरै आँशु बगे जस्तै लाग्छ।
ओइलाएर झर्न लागेको त्यो फूलमा पनि
बाँचुन्जेल वास्ना छरेको सन्तुष्टि छ
तथापि घामपानीमा छाँटिएको उसको आकृतिले
मेरै प्रतिबिम्ब दिए जस्तै लाग्छ।।
निराशाहरु माझ पनि अगाडि बढ्नु छ।
उदासिहरु बीच पनि मुस्कुराउनु छ।
भोलि उदाउन कै लागि भएपनि आज डुब्नु छ।
शुन्यमा बिलाउनकै लागि पनि केहि पाउनु छ।
र पनि कहिलेकाहिँ लाग्छ
किन म निरश छु, म किन उदास छु!!
Subscribe to:
Post Comments (Atom)
1 comment:
Nice poen, not niceonly because its a poem by a gooood friend of yours but because its really nice. Keep making friends and keep posting. By the way when is your's coming ?
Post a Comment