Tuesday, January 27, 2009

मेरो समय त्यही टक्क अडिन्छ
जहाँ मुस्कान बनेर गुलाब हाँस्दछ |
प्रभात बनेर ओंठमा
जसले लाली साँच्दछ ,
र,
जसको स्वासको स्पर्शमा
मेरो हुनु को अर्थ बाँच्दछ |

आज उही मेरो अंगालो मा छ
जस्को न्यानो स्पर्शमा
म पल पल जीवन बाँचिरहेछु,
आज उही मेरो हृदय भित्र छ
जसको ढुक्ढुकीको धुनमा
म उन्मुक्त यसै नाचिरहेछु |

त्यो कहीँ छैन अरु
जसका आँखा भित्र
डुब्दै हराउँदै म बाँच्न सकुँ,
त्यो कतै भेटिन्न अरु,
जसका ओंठहरुमा
नमेटिने लाली साँच्न सकुँ |

अनकन्टार जंगल भित्रको
मेरो राजनीघनिभूत जीवनमा
ध्रुब तार उदायो,
केवल श्वास फेरिरहेथें-
खलातीको भाग्य मेरो,
एक्कासी नशा भित्र
रगत पलायो,
ऊ आयो,
मझेरीमा दियो जलायो,
त्यहीं लडिरहेथें,
जीवन शक्ती बनेर बन्द धड्कन चलायो

4 comments:

kchapagain said...

दामी छ त, तिमीहरु यस्तो राम्रो लेख्दो रहेछौ, म त लेख्न छोडेर पढ्न पो थालेँ त अचेल।
Keep it up Jaggu

udayan said...

उसले जलाएको मझेरीको त्यो दियो
सदा जलिरहोस् ।

सबैको ढुकढुकी अटाउने तिम्रो दिलको धड्कन
सदा चलिरहोस् ।।

- जगतको ईशलाई उदयनको यहि शुभकामना !

Jaggu said...

Kamal dai ani Udi dear,

Thank you so much for comments..
Esho kabita lekhne prayas gareko

Mukta said...

nice one