Tuesday, January 12, 2010

गन्तब्य, चन्द्रमा अनि मुस्कान

तिखा ढुङ्गाका अनबरत चोट
पाइला पाइलामा सहेर
चलिरहेका कोमल पाउहरु
पखेटा बनि जब गासिन्छन् म सगै
अनि मात्रै जुट्दछ
गन्तब्यमा पुग्ने हिम्मत

अनन्त झै लाग्ने पर्खाईमा
निरन्तर बाटो नियालेका तिम्रा
रसाएर पनि नझरेका आखाहरु
जब टासिन्छन् मेरा आखामा
अनि मात्रै
देख्दछ
मेरो बिस्वासले चन्द्रमा

घोर निराशाले घाम निल्दा
मेरो मनको अध्यारो कुनामा
सारा आकाशगङ्गा जुटाउने
तिम्रो मुस्कान
जब ओठ सगै साटिन्छ
तब देख्दछु
कि मेरो गन्तब्य यहि हो
अनि मेरो चन्द्रमा
मेरै सामु मुस्कुराउदै छ।

तिमी छौ र त

तिमी आयौ र त आए सारा खुशीहरु
तिमी छौ र मात्रै भेटद्छु
म प्रेमगीतमा अर्थहरु

तिम्रो स्पर्शको न्यानो
जिउदै छ र त
मरुभूमिको कठान्ग्रिने रातमा
मेरो धुकधुकी चल्दै छ
तिम्रा आवाजहरुले
बुनेको प्रियधून
यो डरलाग्दो एकांतलाई मेट्दैछ

तिम्रो अभाष छ र त
पर क्षितिजमा उदाउने
उज्यालोका सुनौला रंगहरु
पोतियकाछन मेरा हृदय भरी
सपनाका सुन्दर खोल्साहरुमा
बग्ने पानीले
मेटेकाछन मेरा प्याशहरू

नत्र त
पोल्ने घामको डढेलोमा
मेरो तन तडपिने थियो
रूखो भेल चिसो पानी को
चाहना मेरो मडकीने थियो

तिमी छौ र त
फूलमा रंग छ
मन दंग छ
अनि
जीवनमा उमंग छ