तिखा ढुङ्गाका अनबरत चोट
पाइला पाइलामा सहेर
चलिरहेका कोमल पाउहरु
पखेटा बनि जब गासिन्छन् म सगै
अनि मात्रै जुट्दछ
गन्तब्यमा पुग्ने हिम्मत
अनन्त झै लाग्ने पर्खाईमा
निरन्तर बाटो नियालेका तिम्रा
रसाएर पनि नझरेका आखाहरु
जब टासिन्छन् मेरा आखामा
अनि मात्रै
देख्दछ
मेरो बिस्वासले चन्द्रमा
घोर निराशाले घाम निल्दा
मेरो मनको अध्यारो कुनामा
सारा आकाशगङ्गा जुटाउने
तिम्रो मुस्कान
जब ओठ सगै साटिन्छ
तब देख्दछु
कि मेरो गन्तब्य यहि हो
अनि मेरो चन्द्रमा
मेरै सामु मुस्कुराउदै छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment