सम्झनामा
बानेश्वरको भीडमा
बेलुकी पख
जो मेरा हातमाथि हक जताउँथ्यो,
सुन्तले घामले निथ्रुक्कै भिजेर
जो दुनियालाई सताऊथ्यो,
आज तस्विर बनेर सामू आयो
मरेको मुटुमा सास पलायो!
(१)
हराएर आफूसँगै
एक्लोपनले थिचिएको बेला
जसको आलिङ्गनमा संसार अटाउँथ्यो,
पोतेर चाहनाका रंग ओठभरि
जसले मेरा लागि घुम्टो हटाउँथ्यो,
आज सपना बनेर नयन सजायो
अचेत बैंशलाई फेरि जगायो
(२)
निराशाका गोलीलागि
बेहोशिएको बखत
जसको स्पर्शले रहर जगाउँथ्यो,
जो छिनमै रिसाउँथ्यो
र फेरि छिनमै रमाउँथ्यो,
आज हावा बनेर चुम्न आयो
कोष कोष शीतल गरायो
फेरि जिउने आश पलायो!!!
Subscribe to:
Post Comments (Atom)
2 comments:
nice one Jaggu, keep going,
and by the way you may like to replace जताउथ्यो with जताउँथ्यो..ki kaso?
Cheers!
Udde
hey jaggu!!
never knew we had a poet among us...lets celebrate some day with ur poems .........can we?
wish to see more ....
sapana
Post a Comment